कोरोना भाइरसको सङ्क्रमणका कारण १२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या पाँच सय ९० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चार जना महिला र आठ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँकी ७९ बर्षीया महिला, ललितपुरकी ७३ बर्षीया महिला, भक्तपुरकी ८२ बर्षीया महिला, र सुर्खेतकी ८२ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ३९ बर्षीय पुरुष, धनुषाका ७० बर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ बर्षीय पुरुष, चितवनका ८१, ८१ र ९२ र कास्की ८३ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्