तपाईँ सुन्दै हुनुहुन्छः

हत्या गरी फालेको अवस्थामा महिला र पुरुषको शव फेला

वीरगञ्ज । पर्साको छुटाछुटै दुई स्थानमा निर्मम रुपमा हत्या गरी फालेको अवस्थामा एक महिला र एक पुरुषको शव फेला परेको छ ।

पर्साको कालिकामाई गाउँपालिका वडा नं. ४ स्थित गंगोल नदीमा आज विहान अन्दाजी ३४ वर्षीया महिलाको शव हात खुट्टा र मुख बाँधेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता मनोजित कुँवरले बताउनु भयो ।

महिलाको पहिचान खुल्न नसकेको र पोष्ट मार्टमको लागि शव नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी मंगलबार अपरान्ह पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसैतामा गण्डक नहरमा बग्दै आएको अन्दाजी ३५–३६ वर्षीय पुरुषको शव फेला परेको छ ।

जगरनाथ पुर गाउँपालिका २ दसैंतास्थित गण्डक नहरमा हत्या गरी बोरामा हालेर बाँधेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी प्रवक्ता कुँवरले बताउनु भयो ।

गण्डक नहर भारतबाट नेपाल प्रवेश गर्ने नाका नजिकै दशगजा क्षेत्र भन्दा २ सय मिटर नेपाल तर्फ शव फेला परेको र मृतक भारतीय नागरिक हुन सक्ने आशंका प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

महिला र पुरुषको हत्याको प्रकृति एकै किसिमको भएको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button