ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
धादिङबेसीबाट निर्माण सामग्री बोकेर कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रक चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय बेगबहादुर गुरुङ र नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ का ६४ बर्षीय दल बहादुर तामाङकोे मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाईते भएका उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर २ का ५८ वर्षीय राम बहादुर तामाङलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्