कोरोनाले धनुषामा एक वालक सहित दुईको मृत्यु, ६३ जनामा संक्रमण

जनकपुरधाम । धनुषा र सर्लाहीमा गरेर दुई जनाको आज कोरोनाका कारणले मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारणल मृत्यु हुनेमा शहिद नगर नगरपालिका वडा नं ६ हडवडाका वर्ष ६ एक जना वालककोे भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारणले बालकमा स्वासप्रस्वास, रुघा खोकी तथा ज्वरो आएपछि प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरेकोमा उपचार हुदाहुदै मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।
यसै गरि सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नंं ८ घर भई चितवन मेडिकल कलेजमा उपचामा रहेका वर्ष ४६ का पुरुषको उपचारको पनि संक्रमणका कारणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिनु भएको छ । यो संगै प्रदेश २ मा कोरोनाका कारणले १ सय ४२ जनाको मृत्यु भएको छ ।
यसै गरि पछिल्लो २४ घण्टामा प्रदेशको विभिन्न जिल्लामा ६३ जनामा कोरोना भाईरसको संक्रमण भएको छ । जस अनुसार धनुषामा १४, महोत्तरीमा २, सिरहामा ७, वारामा ५, पर्सामा १०, सर्लाहीमा १, रौतहटमा १७ र सप्तरीमा २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक थप भएका संक्रमित संगै प्रदेशमा कूल संक्रमितको संख्या १३ हजार ८ सय ८६ जना पुगेको छ । यसै गरि कोरोना संक्रमणवाट ११ हजार २ सय ६६ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
आज मात्र प्रदेश नंं २ को विभिन्न जिल्लाहरुमा १ सय ५७ जना कोरोनाका संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा संस्थागत तथा होम आईसोलेसनका संक्रमितहरु रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्