नेत्ररोग विशेषज्ञ सुवेदीलाई ‘आई हेल्थ हिरो अवार्ड’
सुर्खेत । कर्णालीका नेत्र रोग विशेषज्ञ डाक्टर शक्तिप्रसाद सुवेदी ‘आई हेल्थ हिरो अवार्ड’ २०२० बाट पुरस्कृत हुनु भएको छ ।
आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्ने विश्वको मुख्य संस्था ईन्टर नेशनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस व्रिटेनले कर्णालीका गरिव, विपन्न एवं असहायको आँखा स्वास्थ्यमा पुर्याएको योगदानबापत नेत्र रोग विशेषज्ञ डाक्टर सुवेदीलाई आई हेल्थ हिरो अवार्डबाट सम्मान गरेको हो ।
ईन्टर नेशनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस व्रिटेनले उनलाई फ्युच्र लिडर विद्यामा सोमबार एक भर्चुअल कार्यक्रम वीच आई हेल्थ हिरो अवार्डले सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा.सुवेदी विगत तीन वर्षदेखि कर्णालीका विभिन्न जिल्लामा दृष्टि विहिनता घटाउने अभियानमा जुट्नु भएको छ ।
उहाँले ‘आई हेल्थ हिरो अवार्ड’ प्राप्त गरेसँगै कर्णालीमा आँखा स्वास्थ्यका क्षेत्रमा काम गर्न थप ऊर्जा मिलेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्