तपाईँ सुन्दै हुनुहुन्छः

झापाको सीमावर्ती पाठामारीमा बीओपी स्थापना


भद्रपुर, झापा । भारतसँग सीमा जोडिएको झापाको कचनकवल गाउँपालिका–५ पाठामारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट स्थापना गरिएको छ ।

खुला सीमाका कारण सीमापारबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहज हुने उद्देश्यले बीओपी स्थापना गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरकिा बाहिनपिति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले सोमबार सो बीओपीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कचनकवल गाँउपालिकाले ३ कट्ठा जग्गा उपलब्ध गराएपछि तीवटा अस्थायी किसिमका ब्लक निर्माण गरी बीओपी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बल नं २ गण भद्रपुरका सूचना अधिकारी डीएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button