तपाईँ सुन्दै हुनुहुन्छः

विश्वका १० मध्ये १ जनामा कोरोना भाइस संक्रमण : विश्व स्वास्थ्य संगठन

जेनेभा ।  विश्व स्वास्थ्य संगठनले विश्वभर प्रत्येक दश जना मध्ये एक जनामा कोरोना भाइसको संक्रमण भइसकेको हुन सक्ने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका पदाधिकारीहरुको एक विशेष बैठकले विश्वका बहुसंख्यक मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको निश्कर्ष निकालेको छ ।

यसैगरी विश्व स्वास्थ्य संगठनले हालको तथ्यांकले विश्वमा ३ करोड ५६ लाखको हारहारीमा कोरोना भाइरको संक्रमण रहेको देखाए पनि संक्रमितको वास्तविक संख्या ८० करोड सम्म हुन सक्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button