ट्रम्प तीन दिनको अस्पताल बसाई पछि राष्ट्रपति भवन ह्वाइट हाउस फिर्ता
वासिङ्टन। कोरोना भाइरसको संक्रमण पछि अस्पताल भर्ना हुनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिनको अस्पताल बसाई पछि राष्ट्रपति भवन ह्वाइट हाउस फर्कनु भएको छ ।वाल्ट रिड सैनिक अस्पतालबाट ह्वाइट हाउस फर्कनु अघि राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति मतदानका लागि हुने चुनावी अभियान आफूले पुनः सुचारु गर्ने बताउनु भयो ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्नु हुँदै राष्ट्रपति ट्रम्पले कोभिडलाई आफ्नो जीवनमा हाबी हुन पनि दिन नहुने बताउनुभयो ।
अस्पतालबाट फर्कनु भए पनि ट्रम्पको स्वास्थ्यबारे उहाँकै डाक्टरहरूले विरोधाभासपूर्ण टिम्पणीहरु दिनुभएका र राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था बारे हालसम्म ठोस केही नआएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्