तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा नवलपरासीका कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी जिल्ला कावासोती नगरपालिका वडा नम्बर ५ की ७७ बर्षीय बृद्धा रहेकी छिन ।

अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीका अनुसार उनी निमोनिया समस्या भएर असोज १६ गते अस्पताल भर्ना भएकी थिइन ।

उनको कोरोना परीक्षण गर्दा असोज १८ गते पाजेटिभ देखिएको थियो । ती बृद्धाको आज बिहान ३ बजेर ४५ मिनेट जांँदा मृत्यु भएको डाक्टर अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button