गत २४ घण्टामा उपत्यकामा १५३१ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । उपत्यकामा आज थप एक हजार पाँच सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा एक हजार पाँच सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरूमा काठमाडौँमा एक हजार एक सय ७८, ललितपुरमा दुई सय पचास जना र भक्तपुरमा एक सय तीन जना गरी आज उपत्यकामा थप एक हजार पाँच सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसै गरी आज देशभर नौ सय ३७ जना महिला र एक हजार पाँच सय तीन पुरुष गरी दुई हजार चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८९ हजार दुई सय ६३ पुगेको छ ।
त्यस्तै आज देशभर आज एक हजार एक सय ३३ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ६५ हजार दुई सय दुई जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्