धरानका थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत एक जना सङ्कक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठका अनुसार धरान–१५ निवासी ५५ वर्षीय पुरुषको आज उपचारको क्रममा मृत्यु भएको हो ।
मिृगौला सम्बन्धी बिरामी रहेका उनलाई असोज १६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
योसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेकोे छ ।








प्रतिक्रिया राख्नुहोस्