तपाईँ सुन्दै हुनुहुन्छः

पाँच लाखसहित १८ जना जुवा खेलेको आरोपमा पक्राउ 

तुलसीपुर । पाँच लाख रुपैयाँ सहित दाङमा १८ जनालाई जुवा खेलिरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसँहनिया बजारमा रहेको दर्शन खाजा घरबाट २ लाख ६० हजार एक सय २५ रुपैयाँसहित १० जना र बबई गाउँपालिका – ३ धनुवासबाट २ लाख ६१ हजार ९ सय ९० रुपैयाँसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button