दुवै मृगौला फेल भएका प्रविणको उपचारका लागी साढे ४ लाख सहयोग
सिन्धुपाल्चोक । मृगौला पीडित जुगल गाउँपालिका ५ बराम्चीका प्रविण आलेमगरको उपचारका लागी धमाधम सहयोग जुट्न थालेको छ ।
शुक्रबार जुगल गाउँपालिकाका स्थानीय अगुवाहरुले संकलन गरेको ४ लाख ४३ हजार रुपियाँ उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
बिगत एक बर्षदेखि दुवै मृगौला फेल भई उपचारको पर्खाईमा छटपटाई रहेका १७ बर्षिय प्रविण आलेमगरको दुवै मृगौला प्रत्यारोपण गर्न परिवारसँग आर्थिक अभाव भएपछि प्रविण बचाऊ अभियानमा स्थानीय अगुवा र दाताहरु जुटेका हुन् ।
जुगल गाउँपालिकाका नेकपा नेता एवम समाजसेवी सिंगबहादुर श्रेष्ठमार्फत संकलन भएको ८९ हजार १ सय सहित विभिन्न ब्यक्तिहरुबाट संकलित ४ लाख ४३ हजार ६ सय ३० रुपियाँ शुक्रबार काठमाडौस्थित मृगौला पीडित प्रविणको डेरामै पुगेर हस्तान्तरण गरियो ।
जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले संकलित रकम पीडितलाई उपचारार्थ हस्तान्तरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । सहयोग हस्तान्तरणका लागी नेकपा जुगलका नेताहरु पनि पुगेका थिए ।








प्रतिक्रिया राख्नुहोस्