तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोना संक्रमणको कारण देखाइ विकास निर्माण रोक्नुहुदैन’

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणको कारण देखाई विकास निर्माणलाई रोक्न नहुने कुरामा जोड दिनु भएको छ ।

आज पर्साको पोखरीयामा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले स्थानिय, प्रदेश र केन्द्र सरकारको आपसी सहमति र समन्वयमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका गतिविधिसँगै विकास निर्माणलाई समेत अगाडी बढाउनु पर्दछ भन्नु भयो ।

उहाँले पर्साको पोखरीया अस्पताललाई जिल्ला अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक बजेट र उपकरण उपलब्ध गराएको बताउँदै अस्पतालको भौतिक संरचना निर्माणको लागि ४ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री राउतले पोखरीया नगरपालिका वडा नम्बर ८ जगतपुरमा नेपाल रेडक्रस सोसाईटी पोखरीया उपशाखा र टैरीमाई युवा क्लबद्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रमको समेत उद्घाटन गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा २ महिला सहित ३८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।

कार्यक्रममा निलम्बित सांसद हरिनारायण रौनियार, पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, पूर्वसांसद रामेश्वर रौनियार, प्रद्युम्न चौहान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button