बझाङका ६ स्थानीय तहको सार्वजनिक सुनुवाइ बाँकी
बझाङ । विगतका वर्षहरुमा आर्थिक वर्षको साउन भदौ महिना भित्र स्थानियतहको सार्वजनिक सुनुवाइ गरि सक्ने बझाङका पालीकाहरुले यस वर्ष भने सबै पालीकाले सार्वजनिक सुनुवाइ गर्न सकेका छैनन् ।
कोरना महामारीका कारण मान्छेको जमघट नगर्न सकिने हुदाँ केहि पालीकाले थोरै मान्छेहरु बोलाएर सार्वजनिक सुनुवाइ गरेको भएपनि अन्य ६ पालीकाले भने अझै सार्वजनिक सुनुवाइ गर्न बाँकी छ ।
जिल्लाको जयपृथ्वी नगरपालीका लगाए तल्कोट, खप्तडछान्ना, दुर्गाथली, केदारस्युँ, र वित्थडचिर गाँउपालीकाले गएको भदौ महिनामै सार्वजनिक सुनुवाइ गरेको थियो । अन्य बुगंल नगरपाली सहित थलारा, छविसपाथीभेरा, सुर्मा, मष्टा, साइपाल गाँउपालीकाको सार्वजनिक सुनुवाइ गर्न बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।
६ वटा स्थानिय तहको सार्वजनिक सुनुवाइ गर्न बाँकी हुदाँ त्यहाँ गत आर्थिक वर्षमा कहाँ कति खर्च भयो उपलव्धी के कस्तो भयो समस्या चुनौती के कस्ता आए र सेवाग्राहीका गुनासाहरु के हुन भन्नेबारे जानकारी हुन सकेको छैन ।
स्थानिय तहले शुसासन जवाफदेहि र पारर्दशिताका लागी चौमासिक वा वर्षको दुई पटक अनिवार्य रुपमा सार्वजनिक सुनुवाइ गर्नु पर्ने कानुनि प्रावधान छ ।








प्रतिक्रिया राख्नुहोस्