अबरुद्ध भएको तीन महिनापछी सांफे मार्तडी सडक खण्ड संचालनमा
बाजुरा । अवरुद्ध भएको तीन महिनापछि साँफे मार्तडी सडक खण्ड सञ्चालनमा आएको छ । बल्दे द्धवारी र बार्जुगाड क्षेत्रमा गएको पहिरोका कारण अवरुद्ध सडक तीन महिनापछि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनु भएको छ।
पहिरोले भासिएको ठाउँमा नयाँ सडक निर्माण गरेर सडक सञ्चालनमा आएको उहांले बताउनु भयो। बेलीब्रीज बगाएको बुढिगंगा नदिको क्षेत्र बाहेक अन्य स्थानको सबै ठाउँमा सडक सञ्चालनमा आएको हो।
तिपाडासम्म बस, जीप, ट्याक्टर सहीतका सेवा सञ्चालन हुने गरी र मार्तडी देखि जडाङ्गा सम्म पनि सवारी साधान निर्वाध रुपमा सञ्चालन हुने गरी सडक सुचारु भएको हो ।
सडक पहिरोका कारण असार तेस्रो साताबाट अबरुद्ध भएको थियो भने साउन २६ गते आएको बुढीगंगा नदीको बाढीले बेलीब्रीज नै बगाएपछि ठप्प बनेको थियो । तीन महिनापूर्ण रुपमा बन्द सडक आजबाट नियमित सञ्चालन हुने गरी सेवा सुचारु गरिए पछि स्थानीय खुशी भएका छन्।
कार्तिक भित्र बेलिब्रीज निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । दशै अगाडि नै ग्रामिण सडक पनि सञ्चालन गरिसक्ने तयारीमा स्थानीय प्रशासन लागि परेको प्रजिअ गैह्रेले बताउनु भएको छ।








प्रतिक्रिया राख्नुहोस्