तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका महिलाको दैनिकी सहज बनाउन निर्देशन

No description available.

काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले कोरोना महामारीको समयमा अपांगता भएका महिलामा परेको प्रभावका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले कोरोना भाइरस संक्रमण बढ्दै गएको अवस्थामा अपांगता भएका महिलाहरुलाई सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा नेपाल अपांग महिला संघका अध्यक्ष टिका दाहालले सरकारले क्वारेन्टाइन र आइसोलेसन कक्ष अपङ्गतामैत्री बनाउन नसकेको बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणका कारण अपांगता भएका महिलाहरु अझ धेरै मारमा परेको भन्दै अध्यक्ष दाहालले लकडाउनका अवधीमा अपांगता भएका महिलामाथि हिंसा बढेको र अपांगता भएकाहरुले प्रयोग गर्ने सहायक सामाग्रीहरुको अभाव रहेको बताउनुभयो ।

बैठकले अपांगता भएका महिलाहरुको जीवन शैली सजह बनाउन तीनै तहको सरकारमार्फत संविधानतः प्राप्त अधिकारको सुनिश्चित गराउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button