रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
दुई दिनदेखि भेन्टिलेटरमा उपचाररत उहाँ असोज १३ गते अस्पताल भर्ना हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्