हिमालय एयरलाइन्सलाई ग्राण्ड हेण्डलिङ गर्न दिने निर्णयका विषयमा समितिमा छलफल
काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समग्र विमानस्थलको अवस्था र नागरिक उडड्यान प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राण्ड हेण्डलिङ गर्न दिने गरी गरिएको निर्णयका विषयमा छलफल गरेको छ ।
समितिको आज बसेको बैठकले नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक राजन पोख्रेलसँग विमानस्थलहरुको अवस्था, कोभिड १९ को प्रभाव र निजि वायुसेवालाई ग्राण्ड हेण्डलिङ गर्न दिने गरी गरिएको निर्णय र त्यसबाट पछि हट्नुका कारणबारे जानकारी लिएको छ ।
बैठकमा प्राधिकरणका महानिर्देशक पोख्रेलले विद्यमान कानुनी प्रावधान अनुसार नै हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
महानिर्देशक पोख्रेलले हवाई यातायात क्षेत्रले कोभिड १९ का कारण मासिक ४ अर्ब रुपैयाँ गुमाएको र प्राधिकरणले मात्र आर्थिक बर्ष २०७६/०७७ मा २३ प्रतिशत आम्दानी गुमाएको स्पष्ट पार्नुभयो ।
उहाँले आजदेखि कार्तिक ८ गतेसम्म हप्ताको ९८ वटा अन्तराष्ट्रिय उडान भर्ने र आजदेखि कार्तिक १० गतेसम्म आन्तरिक उडान ५० प्रतिशत भर्ने गरी उडान तालिका लागू गरिएको जानकारी दिनुभयो ।
बैठकमा पूर्वप्रधानमन्त्री एवम् सांसद माधवकुमार नेपालले राज्य सञ्चालित सार्वजनिक संस्थालाई एकपछि अर्काे गर्दै धरासायी बनाइनु चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले निजि वायुसेवाले सधैं मुनाफा कमाउने र सरकारी वायुसेवा सधैं घाटामा जानुको कारण खोजी गर्न र राज्यको दायित्व पूरा गर्न सम्बन्धित नियका जिम्मेबार हुनुपर्ने बताउनुभयो ।
सांसद भीम रावलले ग्राण्ड हेण्डलिङ नीजि वायुसेवालाई दिने निर्णय गलत भएको भन्दै राष्ट्रिय ध्वजाबाहक संस्था नेपाल वायुसेवा निगमलाई काम नलाग्ने बनाउन लागिएको बताउनुभयो ।
उहाँले विमानस्थलमा नीजि वायुसेवालाई छुट्टै एक्सरे मेसिन राख्न दिने र हालीमुहाली गर्न दिएर ग्राण्ड हेण्डलिङमा समेत नीजि लाई दिएर एकरुपता समेत कायम गर्न नसकिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्