तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा १७ जना फरार अभियुक्त पक्राउ

पर्वत– प्रहरीले पर्वतमा विभिन्न मुद्धाका १७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । चालु वर्ष प्रहरीले फरार अभियुक्तको सर्च अपरेशन शुरु गरेकोमा अहिलेसम्म १२ जना पुरुष ५ जना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयन समबन्धि विवरण सार्वजनिक गर्दै विभिन्न मुद्धामा फरार रहेका अभियुक्त पक्राउ गरि थप कारवाही अगाडी बढाएको जानकारी दिएको हो ।

कुश्मा नगरपालिकाका ६ जना , जलजला गाउँपालिकाका ६ जना, फलेवास नगरपालिकाका ४ जना पक्राउ परेका छन् भने मोदी गाउँपालिकाका १ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेर सजाय भुक्तान नभई फरार रहेकाहरुमा सबैभन्दा बढि ६ जना जुवा शिर्षकको मुद्धाका रहेका छन् । जालसाँझीका २ जना पक्राउ परेका छन् । कर्तव्य ज्यानका २ जना, झुठा विवरण संलग्न गरि नागरिक लिने, सवारी ज्यान, बैकिंङ कसुर, भ्रष्ट्रचार लगायत मुद्धाका एक÷एक जना फरार अभियुक्त पक्राउ परेका अधिकारीले बताउनुभयो ।

पक्राउ परेकाहरु १८ देखि ५० वर्ष उमेर समूहका व्याक्ति रहेका छन् । उनीहरुबाट जरिवाना वापत ११ लाख ४८ हजार १ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको समेत अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button