रुपन्देहीमा उपचाररत एक सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको मृत्यु भएको छ ।
बुटवल ८ सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधवार राति मृत्यु भएको सो अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । असोज १२ गते स्वास्थ्यमा समस्या भई पीसीआर जाँच गराउँदा पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका थिए । उनमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो ।
हाल अस्पतालको आइसियुमा १५ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको डा. थापाले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्