जबरजस्ती करणी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबरजस्ती करणी मुद्दामा १८ वर्षदेखि फरार रहेका एक जना र ४ वर्षदेखि फरार रहेका अर्का एक जना पुरुष पक्राउ गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरबाट जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भई २०५९ जेठ २५ गतेदेखि फरार रहेका प्रतिवादी कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय जोगी धामीलाई बुधवार प्रहरीले पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
त्यस्तै, जबरजस्तीकरणी मुद्दामा २ वर्ष ६ महिना कैद फैसला भई २०७३ साउन २३ गतेदेखि फरार रहेका कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय ज्ञान सिंह रानालाई समेत बुधबार नै पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
दुवै प्रतिवादीहरूलाई आ–आफ्नै घरबाट पक्राउ गरि जिल्ला अदालतमा पेस गरीएकोमा उनीहरुलाई बुधवार नै अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्