तपाईँ सुन्दै हुनुहुन्छः

साबुन पानीले हात धुने बानी बसालौ


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकमा साबुन पानीले हात धुने बानीको विकास नभएसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सम्भव नहुने जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सबैमा साबुन पानीले हात धुने बानीको विकास गर्नु कोरोना भाइरस लगायतका सरूवा रोगबाट बच्ने एकमात्र उपाय भएको बताउनुभयो ।

साबुन पानीले हात धुने बानीले निमोनिया, झडापखाला तथा श्वासप्रश्वास संगं सम्वन्धित अन्य सरूवा रोगबाट पनि बच्न सकिने प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button