तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व सांसद एवं जसपा नेता रायको निधन

सप्तरी । पूर्वसांसद एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य हरिप्रसाद रायको ८५ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति समेत रहेका राय मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित थिए । उनको धरान स्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

उनी पहिलो संविधानसभामा तमलोपाबाट सप्तरी क्षेत्र नं. ३ बाट उम्मेदबार समेत बनेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button