बैतडीको मेलौली नगरपालिका सिल
बैतडी । बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ ।
मंगलबार नगरपालिकामा कार्यरत एक कर्मचारी र एक भारतबाट फर्केका स्थानीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो ।
मंगलबार बसेको आकस्मिक बैठकले असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्राक्ट टे«सिङ गरी स्वाब संकलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्