कमल गाउँपालिकाले बनायो कोभिड अस्पताल

भद्रपुर, झापा- झापाको कमल गाउँपालिकाले पाँच शैयाको कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ ।वडा नं. ५ मा बनेको कोरोना अस्पताल सोमबारदेखि नै सञ्चालनमा आएको छ । अस्पतालमा एमबीबीएस चिकित्सक र चार जना नर्सले सेवा दिइरहेको गाउँपालिका प्रमुख मेनुका काफ्लेले जानकारी दिनुभयो ।
यसैगरी, अस्पताल परिसरमै आइसोलेसन र क्वारेन्टाइन पनि बनाइएको छ । पहिलो दिन सोमबार १५ जना क्वारेन्टाइन तथा आइसोलेसनमा बसेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताउनु भयो ।प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले अस्पतालको आज एक समारोहबीच उदघाटन गर्नुभएको थियो ।अस्पताल भवनको छानोमा टस्ट र जस्तापाता लगाइएको छ । सिमेन्टको ढलानको भुइँ छ भने टाटीबेरा बाँसका भाटाका छन् ।








प्रतिक्रिया राख्नुहोस्