तपाईँ सुन्दै हुनुहुन्छः

गोठ भत्किदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका ७ मा गोठ मर्मत गर्ने क्रममा अचानक भत्किदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन ।

मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका ७ का ५५ वर्षीय हरि लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

मर्मत कार्यमा संलग्न सोही स्थानका ४८ वर्षीय अमर पेगमीको उपचारका लागि तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा ल्याईदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button