तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देही । घर निर्माणको काम गर्ने क्रममा करेन्ट लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका वडा नं ४ स्थित राधा आचार्यको बन्दै गरेको घरमा प्लास्टर गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय तारासिंह थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर बनेका थारुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button