सुनकोसीमा ५० बढी बाख्रा मरे, किसान चिन्तित
सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका ७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । धमाधम बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् ।
पछिल्लो दुई साताकाबीच ५० भन्दा बढि बाख्रा मरिसकेको र बाख्रा मर्ने क्रम नरोकीएको स्थानीय सानु तिमल्सिनाले बताउनुभयो । कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ’, तिमल्सिनाले भन्नुभयो, –‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।’ पीपीआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उहाँले सुनाउँनुभयो ।
सुनकोसी गाउापालिकाले सबै वडामा गरि ९ जना गाउँ प्रहरी राखेको छ । तर किसानका बाख्रा धमाधम मरिरहँदा औषधी उपचारमा दक्ष चिकित्शक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एकजना मात्र कर्मचारी छन् ।
पछिल्लो दुई सातामा कापिङमा स्थानीय सिताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना र अनिता तिमल्सिना र अन्यको गरि ४० बढि बाख्रा मरेको छ । ‘मेरो आफ्नै खोरका ९ वटा बाख्रा मरिसकेको छ’, सानु तिमल्सिनाले भन्नुभयो ।
स्थानीयले पशु चिकित्शक पठाइदिन पटक पटक आग्रह गरेपछि सुनकोसी गाउँपालिकाले बनेपाबाट २ जना चिकित्सक झिकाएर रोग परीक्षणका लागी पात्ले, कापिङ क्षेत्रमा पठाएको तिमल्सिनाले बताउनुभयो । परीक्षण गर्दा रोग पहिचान नभएको र पीपीआरसँग मिल्दो लक्षण देखिएको सुनकोसी गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताउँनुभयो ।








प्रतिक्रिया राख्नुहोस्