सरकारले खेलकुदको भौतिक संरचनालाई जोड दिने : मन्त्री नेम्बाङ

पाँचथर । भौतिक निर्माण तथा यातायात एबं शहरी बिकास मन्त्री बसन्तकुमार नेम्बाङले खेलकुदको लागि भौतिक संरचना निर्माणमा सरकारले जोड दिने बताउनु भएको छ । मन्त्री नेम्बाङले आज पाँचथरको फिदिममा खेलाडीहरुको समेत सहभागितामा निर्माण भएको व्याडमिन्टन हल उद्घाटन गदै सो कुरा बताउनु भएको हो ।
पाँचथरको सदरमुकाम फिदिममा निर्माण भएको सो व्याडमिन्टन हल प्रदेश सांसद कोषको आठ लाख, फिदिम नगरपालिकाको दुई लाख, व्याडमिन्टन खेलाडीबाट एक लाख ५० हजार र जिल्ला समन्वय समितिको भौतिक सामाग्री सहित १६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको व्याडमिन्टन संघ पाँचथरका सदस्य तथा नेपाल अलैची व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्