तपाईँ सुन्दै हुनुहुन्छः

गोरु काटेर खाएको आरोपमा झापामा तीनजना पक्राउ

भद्रपुर, झापा । गोरु काटेर खाएको आरोपमा झापाको अर्जुनधारा–५ बैसाबारीका तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय बीरबहादुर दनुवार र २७ वर्षकै टिकाराम दनुवार रहेका छन् ।

शनिबार बिहान उनीहरुले गोरु काटेर खाई टाउको र खुट्टा नजिकैको उखुबारीमा गाडेको भनी स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेपछि त्यसतर्फ गएको प्रहरी टोलीले तीनैजनालाई नियन्त्रणमा लिएको र उनीहरुले गाडेको गोरुको टाउको र खुट्टा पनि फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु उपर कानुनी कारवाही अगाडि बढाइएको पनि जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button