ताप्लेजुङको बहानन्देमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ७ बहानन्देमा बालुवा बोकेर आउँदै गरेको ट्याक्टरबाट खसेर १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा वडा नं ८ का २७ वर्षीय दीपेन्द्र ओख्राबु लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काबेली खोलाबाट बालुवा बोकेर आउँदै गरेका ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलमा प्रहरी टोली परिचालित भइसकेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्