मृगौला पीडित महिलाद्धारा जीवन बचाइदिन आग्रह
तुलसीपुर । सल्यानकी एक मृगौला पीडित महिलाले आफनो जिवन बचाई दिन सवैमा आग्रह गरेकी छिन् । जिल्लाको शारदा नगरपालिका–७ बस्ने ३३ बर्षिया गिता खड्काले आफनो दुवै मृगौलाले काम गर्न छाडेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सहयोगको याचना गरेकी हुन् ।
मृगौला पीडित महिलाले विगत तीन वर्षदेखि औषधी सेवन गर्दै आएपनि पनि निको हुनुको साटो झनै समस्या बल्झिदै गएको र अहिले मृगौला नै फेर्नुपर्ने अवस्था पुगेको खड्काले बताउनुभयो ।
विगत ८ वर्षदेखि श्रीमान् विदेश बसेर कमाएको पैसा र घरको सम्पत्तीले औषधी उपचार गदै आएको भएजति धनपैसो सकिएपछि आफू थप समस्या परेको उहाँले बताउनुभयो ।
दुई छोरा पनि साना भएको र चिकित्सकको सल्लाह अनुसार काठमाडौ जानुपर्ने भएता पनि आर्थिक अभावका कारण जान नसकेको उहाँले बताउनुभयो ।
दाङ तुलसीपुरमा आफन्तीको घरमा बस्दै आएकी खड्काले हप्तामा दुई पटक लमहीमा डाईलासिस गराउदै आउनु भएको छ । हप्तामा दुई पटक डाईलासिस र हप्तामा तीनपटक रगत चढाउनुपर्ने भएता पनि अहिले आर्थिक अभावका कारण समस्या भएको भन्दै सहयोग गरिदिन उहाँले सबैमा आग्रह गर्नु भएको छ ।
सहयोग गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुले ९८४५२०४२३६ मा सम्पर्क गर्न अपिल गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्