तपाईँ सुन्दै हुनुहुन्छः

लखनदेही खोलामा डुबेर एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा लखनदेही खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. ३ मोहनपुर बस्ने अन्दाजी ८६ वर्षीय वृद्ध पदम बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आज बिहान अन्दाजी ७ः०० बजेको समयमा परियार नबलपुर जान्छु भनि बिहानै घरबाट निस्की हिँडेकोमा नजिकैको लखनदेही खोलामा डुबी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

मृतक परियारको शव अहिले पोष्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको प्रवक्ता कुवरले बताउनुभयो ।

यसैगरी मृतक परियारको आर्थिक अवस्था ज्यादैँ न्युन रहेकोले शव पोष्टमार्टम र शव बाहनको सम्पूर्ण खर्च छहारी समुहका सदस्यहरुले सहयोग प्रदान गरेपछि शव मलंगवा लगिएको हरिवन नगरपालिका वडा नं. ३ निवासी सामाजिक अभियानता तथा समाजसेवी सन्जिव मोक्तान जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button