तपाईँ सुन्दै हुनुहुन्छः

घरको छतबाट खस्दा बालिकाको मृत्यु

भद्रपुर, झापा- घरको छतबाट खसेर झापाको विर्तामोडमा बिहीबार राति एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।बिर्तामोड–५ स्थित एक घरको छतबाट झर्दा १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो ।

राति १० बजेतिर खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भिर घाइते भएकी उनलाई उपचारार्थ स्थानीय अस्पतालमा लैजाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।कृतिका ५ दिनअघि काठमाडौँबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तलामाथिको छतबाट झरेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button