बन्दिपुरको थारुबासमा मानव निर्मित ताल बनाइँदै

तनहुँ । पहाडकी रानी उपनामले चिनिएको तनहुँको बन्दिपुरमा मानव निर्मित ताल बन्ने भएको छ । नेपालकै नयाँ पर्यटकीय क्षेत्र बनाउने उद्देश्य सहित र बन्दिपुरको विकासलाई फैलाउन गाउँपालिकाको वडा नं २ को थारुबास क्षेत्रमा करिब १२० रोपनी क्षेत्रफल जग्गामा नयाँ मानव निर्मित जलाशय बनाइने भएको हो ।
जलाशय निर्माण समिति र प्रभावित क्षेत्रका स्थानीयले केही दिन अघि बैठक बसेर वैज्ञानिक ल्यान्ड पुलिङ विधिबाट कार्य अगाडि बढाउनका लागि स्थानीय जग्गावाला र मोही बिचमा सहमति गर्ने निर्णय गरिएको देबीथान जलाशय निर्माण समितिका सचिव सुदिन पौडेलले जानकारी दिनुभयो ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिङ थापाले मानव निर्मित तालले बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र बन्दिपुरको बसाईलाई समेत लम्ब्याउन सकिने हुँदा यस क्षेत्रका मानिसको आर्थिक अवस्था उकासिने बताउनुभयो । साथै उहाँले सबै जग्गावालालाई सहमति गराई विकासको योजना अगाडि बढाइने जानकारी दिनुभयो ।
ताल वरपर आकर्षक होटेल तथा रेस्टुरेन्ट निर्माण गरिने योजना रहेको र तालमा माछा पालन व्यवसाय पनि सञ्चालन गरिने समितिका अध्यक्ष ईश्वरगोपाल प्रधानले दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्