मुगुको छायाँनाथमा घर-घरमा धारा

मुगु – जिल्ला सदरमुकाम गमगढीसंगै जोडिएको चैनगाँउमा रहेका प्रत्येक घरघरमा खानेपानीको धारा जडान गरिपछि स्थानीयहरू हर्षित भएका छन् ।

चैन गाँउका घरघरमा धारा पु¥याउन नगरपालिकाले मुहान देखि आरविटिसम्मको कामका लागी १० लाख ४ हजार र साझेदारी संस्था हिरिसडेकले आरविटीबाट घरको धारासम्मको कामका लागी ७ लाख ७० हजार ६ सय ११ गरी कुल १७ लाख ७४ हजार ६ सय ११ रुपैँया लागतमा लागेको चैनगाँउ एक घर एक धारा जडान गरिएको खानेपानी उपभोक्ता समितीका सचिव कृष्ण बहादुर हमालले बताउनुभयो ।
घरको आँगन मै पानी भर्न पाएपछि चैनबासीको खुशीको सिमा नै छैन । ६२ बर्षिय स्थानिय अविसरा हमालले भन्नुभयो “बर्षौ देखि आधा घण्टा टाढा हिडेर घण्टौ लार्ईनमा बसी खानेपानी ल्याउनु पथ्र्यो,यतौ समयसम्म कसैले हामो्र दुख्ख देखेनन बल्ल आयो घर घरमा धारा आएपछि आयोे हामो्र लागी पनि सरकार रहेछ भन्ने महशुस भयो । ”
बुढ्यौली उमेरमा गाँउबाट टाढा रहेको खोलाका धारामा पानी लिन जादा चिन्ता मानी मानी जानु पथ्यो कहाँ के समस्या आउने हो भनेर अब घर मै पानी आयो खाना पकाउदै पानी भर्न सकिने भयो उहाँले भन्नुभयो। सोही गाँउ कै सुनसाँङ्गली चौलागाई पनि घरमा पानीको धारा बनेपछि हर्षित हुनुुहुन्छ ।

घरको ओटालामै पुगेको धारामा पानी भर्दै भन्नुहुन्छ “ खेतगराबाट काम गरेर आएपछि घरबाट फेरी पानीका लागी खोला तिर जानुपर्ने र त्यहाँ पनि लाईनमा बस्नु पर्ने अवस्थाले सधै पानी लिन जादा चिन्ता लाग्ने गथ्यो,कती दिन रातीसम्म पानी बोक्नु पथ्यो अ बति दिनको अन्त्य भएको छ, हामो्र दुख्खलाई देखेर खानेपानीको योजना बनाउने वडा कार्यालय, नगरपालिका र हिरिसडेकलाई धन्यवाद छ । बल्ल मतदिएको सदुपयोग भएजस्ता लाग्यो उहाँले भन्नुभयो ।”
घरमा पुगेको धाराको टुटी खोलेर नगरप्रमुख हरिजंग शाहीले बुधबार उद्घाटन गर्नु भएपछि गाँउका ४५ घरपरिवारमा विधिवत रुपमा एक घर एक धारा पुगेको .घोषणा गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख हरिजंग शाहीले विगतका जुनसुकै व्यवस्थामा पनि केहि न केहि विकास भएपनि तिनीहरुको दिगोपन नहुदो सधै सरकारले उहि कामका लागी रकम खर्च गर्नु परेको तितो यर्थाथ रहेकाले आफनो नेतृत्वको स्थानिय सरकारले नगरपालिकाले गर्ने जुनसुकै विकास योजनाको स्थायित्व र दिगोपनमा बढी ध्यान दिने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो विगतका कमी कमजोरी र गल्तीबाट पाठ सिक्दै नगरपालिकाले विभिन्न विकास योजना मध्य खानेपानी पहिलो प्राथमिकतामा राखेको,स्थानिय सरकार गठन भए २०७४÷०७५ को पहिलो नगरसभाले एक घर एक धारा कार्यक्रम र सबै बस्तिलाई खानेपानीको पहुचमा पुराउने निर्णय गरे अनुसार त्यस यता विभिन्न बस्तिमा खानेपानी र केहि बस्तिमा एक घर एक धारा कार्यक्रम शुरु गरेको जसमा वडानं ७ टोप्ला गाँउ,वडा नं ६ माथीबालै,वडा नं २ चैन गाँउका घरघरमा धारा पुगीसकेको र यो बर्ष वडा नं २ तिरुवावाडा,वडा नं ४ भामवाडा,वडा नं ८ झयारी गाँउमा समेत एक घर एक धारा बन्नेछन ।

छायाँनाथ रारा नगरपालिकाको खानेपानी तथा सर सफाई स्वच्छता योजना बनाई विष्लेषण गर्दा नगर क्षेत्रका जुकेन,माथीबालै र चैन गाँउ बाहेक अन्य बस्तिहरु कहिन कहि खानेपानीको पहुचमा रहेको पाईएकाले थियो, पहुच नपुगेका यी बस्तिहरुमा खानेपानी सुरक्षा योजना बनाई सुरक्षा योजना सम्वन्धी २ दिने तालिम समेत दिई सकेको र चैन,माथी बालैका घर घरमा खानेपानी पुगेको हिरिसडेक मुगुका कार्यकारि निर्देशक मिन बहादुर रावलले बताउनु भयो । समुदायको पनि अपनत्व होस भनेर जक्सन देखि घरको धारासम्म पाईपलाईन खन्ने,धारा बनाउन चाहिने गिट्टी र बालुवा स्वमं घरधनीले श्रमदानमा उपलब्ध गराएको पनि निर्देशक रावलले बताउनुभयो ।
आफनो प्रमुख लक्ष नै वडामा जहाँबाट भएपनि विकास भित्राउनु भएकाले यो वा त्यो नभनी आफनो वडामा आफु निर्वाचित भए देखि खानेपानी,सडक,मठमन्दिर,बाटो लगायतका विकासमा जोड दिदै आएको वडा नं २ का अध्यक्ष परेगराज चौलागाईले बताउनु भयो । आफु अध्यक्ष रहदा वडाभरीका बस्तिहरुमा सबै विकास पुरा भैसक्ने र पछि आउने अध्यक्षलाई के काम गर्ने भनेर सोच्नु पर्र्ने गरि आफुले विकास गर्ने पनि उहाँले बताए ।
छायाँनाथ रारा नगरपालिकाले आफना १४ वडाका ९० बस्तिहरुमा आर्थिक बर्ष २०७८/०७९ भित्र सुरक्षित खानेपानीको पहुचमा पुराउने योजना बनाएको छ । सोही अनुसार नगरपालिकाले अवस्था अनुसार सबै बस्तिमा खानेपानीका योजना बनाउदै क्रमश कार्यान्वयन गदै आएको पनि नगरपालिकाले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्