तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतबाट सवारी चालक अनुमतिपत्र वितरण शुरु

सुर्खेत । कर्णाली प्रदेशबाट सवारी चालक अनुमति पत्र वितरण कार्य शुरु भएको छ ।

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले विहीबारदेखि पहिलो पटक सवारी चालक अनुमति पत्रका लागि परीक्षा उतिर्ण गरेकाहहरुलाई सवारी चालक अनुमति पत्र (डाईभिङ्ग लाइसेन्स) वितरण गरेको हो ।

सुर्खेतमा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापना भएपछि पहिलो पटक सवारी चालक अनुमति पत्र वितरण शुरु भएसँगै सर्वसाधारणमा नयाँ उत्साह थपिएको छ । यसअघि सवारी चालक अनुमति पत्र बनाउनका लागि यसक्षेत्रका नागरिकलाई नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो ।

सवारी चालक अनुमतिपत्र वितरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य कार्यालयहरु भन्दा निकै संवेदनशील कार्यालय भएको बताउनु भयो ।

यता बिहीबार पाँच सय ५३ वटा नयाँ लाईसेन्स वितरण गरिएको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख आनन्द चपाईले बताउनु भयो । उहाँले गत माघबाटै सेवा शुरु गरिएपनि छपाइ गर्न काठमाडौं पठाउनु पर्ने र कोभिड–१९ का कारण पनि वितरण प्रक्रिया ढिला भएको जनाउनु भयो ।

उहाँका अनुसार नयाँ लाइसेन्सबाट मात्रै ८ लाख ९२ हजार राजश्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा १० करोड ७३ लाख राजश्व संकलन गरिएको कार्यालय प्रमुख चपाईको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button