‘कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनवटै तहबीच समन्वय र सहकार्य हुनुपर्ने’
काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसदहरूले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा बसेको बैठकमा सांसद शेखरकुमार सिंहले स्थानीय तह अन्तर्गत रहेका अस्पतालमा दक्ष जनशक्तिको अभावले सेवा प्रभावित भएको हुनाले तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद खिमलाल भट्टराइले कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले निर्माण गरिरहेका स्वास्थ्य पूर्वाधारहरूको प्रगति विवरण नियमित रुपमा सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसदहरु कोमल वली, अनिता देवकोटा र गोपिबहादुर अछामी, इन्दिरा गौतम लगायतले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्य हुन नसक्दा सङ्क्रमण नियन्त्रणका लागि भएका कामहरू प्रभाविकारी नभएको बताउनुभयो ।
समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)को अध्यक्षतामा बसको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपालसँग सीमा जोडिएका भारतीय शहरमा सङ्क्रमण तिब्र रुपमा फैलिरहेको र त्यसको प्रभाव नेपालमा पनि परेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्