तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्दाका फरार आरोपित प्रहरीसमक्ष हाजिर

सप्तरी । हत्या आरोपमा फरार रहेका सप्तरीको महादेवा गाउँपालिका–१ बस्ने ५५ वर्षीय रबिलाल यादव बुधबार निवेदनसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आफै हाजिर भएका छन ।

गत बैशाख २३ गते सोहि स्थानमा बस्ने ४१ वर्षीय जागेश्वर यादवको बुबा ८० को सुबी यादवलाई कुटपिट गर्दा मृत्यु भएको थियो ।

सोही मुद्दामा फरार रहेको रबिलाल बुधबार प्रहरीको  सम्पर्कमा आएपछि म्याद थप लगायत अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button