तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप सात सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप सात सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप सात सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा छ सय नौ जना, ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना गरी आज उपत्यकामा थप सात सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर पाँच सय १३ जना महिला र नौ सय ८४ पुरुष गरी एक हजार चार सय ९७ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६९ हजार तीन सय एक पुगेको छ ।

त्यस्तै आज देशभर आज चार सय ५७ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ५० हजार चार सय ११ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button