तपाईँ सुन्दै हुनुहुन्छः

बझाङको कोरोना प्रयोगशाला सञ्चालनमा

बझाङ । जिल्ला अस्पताल बझाङमा सबैको पहल र प्रयासपछि कोरोना प्रयोगशाला सञ्चालनमा आएको छ ।

जिल्ला अस्पताल बझाङले बुधबार बेलुका ७ः०० बजे एक प्रेस विज्ञप्तिमार्फत प्रयोगशाला सञ्चालनमा आएको जानकारी गराएको हो ।

एक महिना अगाडिदेखि जिल्लामा पिसीआर मेसिनका लागि पहल भएको थियो । सबै उपकरण आएपछि जिल्ला अस्पतालको नयाँ भवनमा प्रयोगशालामा स्थापना गरिएको जिल्ला अस्पतालका डा.सन्दिप ओखेडाले बताउनुभयो ।

मेसिन आएपछि डडेल्धुरा अस्पतालको प्रयोगशामा प्रमाणिकरणका लागि नमुना परिक्षण गर्दा पाँच वटा पोजेटिभ र पाँच वटा नेगेटिभ नतिजा आएको छ । नतिजा समान आएसँगै जिल्ला अस्पताल बझाङको कारोना प्रयोगशालाले पनि मान्यता पाएको बताइएको छ । प्रदेश प्रयोगशालाबाट दक्ष जनशक्ति ल्याएर अस्पतालले प्रयोगशाला सञ्चालनका लागि तालीम समेत गराइएको थियो ।

प्रमुख डा.सन्दिप ओखेडाले ढिलै भए पनि कोरोना परिक्षण प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

अस्पताल स्रोतका अनुसार अब बझाङमा परिक्षणको दायरा बढाइने छ भने नतिजा आउन धेरै समय लाग्ने छैन् । भदौ २६ गते जिल्लामा भित्रिएको पिसिआर जडान गर्ने इन्जिनीयर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला मेसिन जडानमा केही ढिलो भएको थियो ।

मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडौँसँग एक करोड २५ लाख ४२ हजार एक सय भ्याटसहित सम्झौता भएको थियो ।

प्रयोगशालमा अब दैनिक २०० नमुना जाँच गर्न सक्ने क्षमता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button