बाँकेमा थप १९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगञ्ज। बाँकेमा आज थप १९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ५६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा विरामी निको हुने दर ७९.६७ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ४० जना छन् । बाँकेमा हालसम्म १ हजार ७ सय २ जनामा कोरोना पुष्टि हुँदा ११ जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्