तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

भक्तपुर । गएराति भक्तपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका ५ घलाँते चोकमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका २० वर्षीय अनिश श्रेष्ठको मृत्यु भएको हो ।

बा ७३ प ४१६१ नम्बरको मोटारसाइकल पल्टिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारी काठमाडौंमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनापछि उनको उद्धारका लागि जाँदै गरेको भे ६ प ५०७ नम्बरको मोटरसाइकल पल्टिदा घाइते भएका इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराजको डा. इबामुरा अस्पताल सल्लाघारीमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button