मनसुन पुनः सक्रिय, पाँच दिन देशभर वर्षा हुने
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन पुनः देशभर बदली सहित वर्षाको सम्भावना रहेको छ ।
उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
मौसमविद् प्रधानाङ्गले मनसुन अन्य हुने औसत समय बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने बताउनुभयो ।
त्यस्तै बढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्