जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
रुकुम । मनघरी फाउन्डेसनको सहयोग र नेपाल पत्रकार महासंघ रुकुमको सहजिकरणमा सोमबार जिल्ला अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । १५ सेट पिपिई, १५ थान फेस शिल्ड र १५ थान मास्क प्रदान गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर राजकुमार झुजेललाई स्वास्थ सामग्री हस्तान्तरण गर्नुनयो । सामग्री हस्तान्तरण गर्दै प्रमुख शर्माले सामग्रीको संख्या भन्दा यसको सन्देश महत्वपुर्ण रहेको बताए ।
विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौती सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह भएको प्रमुख शर्माको भनाई थियो ।
मनघरी फाउन्डेसनले नै जिल्लाका पत्रकारहरुका लागि १० थान प्रेस ज्याकेट र ९५ मास्क पनि प्रदान गरेको छ । प्रदान गरिएका सामाग्रीहरु जिल्लास्थित पत्रकारहरुको लागि प्रदान गरिएको महासंघका सचिब हरि गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्