तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा समिट एयरले नियमित उडान गर्ने

जुम्ला – समिट एयरले माथिल्लो कर्णालीका चार जिल्लामा सोमबारदेखि नियमित उडान गर्ने भएको छ । कोरोना महामारीले कारण ६ महिना देखि रोकिएको उडान सोमबारदेखि नियमित गर्ने जनाइएको छ ।

सरकारले आन्तरिक हवाई खोल्ने निर्णय गरे संगै कर्णालीमा पहिलो उडान गर्नेमा समिट एयर परेको छ । दुर्गमका नागरिकको समस्यालाई मध्यनजर गर्दै सोमबारदेखि हुम्ला, डोल्पा,मुगु र जुम्लामा दैनिक एक फलाईट नियमित उडान भर्ने समिट एयर नेपालगन्ज स्टेशनका ईन्चार्ज सरोज उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“माथिल्लो कर्णालीका भौगिक हिसाबले दुर्गम जिल्लालाई प्रथामिकता दिएर उडान गर्ने तयारी छ । तर विगतको जस्तो यात्रुको चाप छैन् । लकडाउन खोल्नु अघि अधिकांश चार्टर फलाईटबाट आफ्नो गन्तव्यमा पुगेका छन् । भने, हजारौ नागरिकलाई पालिकालेनै गाडीमा घरमा पुराइदिएको छ । जसले गर्दा अहिले जहाज चड्ने यात्रु थोरै छन् ।”

तर पनि चाडपर्व नजिकीदै गएकाले थोरै भएपनि नियमित उडान गरेर नागरिकलाई सेवा दिईने ईन्चार्ज उप्रेतीले उल्लेख गर्नुभयो । उहाँका अनुसार अहिले हुम्लामा १० हजार ५सय, डोल्पामा ८ हजार ५ सय, मुगुमा ५ हजार ४ सय ८५ रुपैया र जुम्लामा ५ हजार ३ सय ५० रुपैया प्रतिव्यक्ति भाडादर रहेको छ । लामो समयपछि नर्मल उडान गर्ने तयारी भएकाले भाडादरमा तलाथि हुने जनाइएको छ । मौसम प्रतिकुलतालाई मध्यनजर गर्दै हरेक दिन पहिला र दोस्रो उडान डोल्पा र हुम्ला गरिने छ भने, तेस्रो र चौथो, मुगु र जुम्ला उडान गरिने भएको छ ।

माथिल्लो कर्णालीका अन्य जिल्लामा केहिदिन अघिबाट हवाई उडान भएपनि जुम्लामा भने सोमबारदेखि हुने भएको छ । समिट एयर जुम्ला ईन्चार्ज सन्तोषजंश शाहिका अनुसार एक दिनमा एक मात्रै फलाईट हुने छ । जसमा १८ जनाले मात्रै यात्रा गर्न पाउने भएका छन् । हुम्ला र डोल्पामा नियमित उडान हुने कुरामाले स्थानीय खुसी भएका छन् । महिनादेखि खाद्यन्न अभाव देखि अत्याआबश्यक काममा पनि आउजाउ गर्न नपाएका स्थानीय खुसी भएको स्थानीय सुन्दर रावतले बताउनुभयो । भने, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि यहि हप्तादेखि सुर्खेत काठमान्डौ नियमति उडान हुने भएको छ । बुद्ध एयरले सुर्खेत काठमान्डौ नियमित उडान भर्ने तयारी गरेको हो

प्रतिक्रिया राख्नुहोस्

Back to top button