बाँकेमा थप ६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज थप ६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार २ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड(१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
अब आइसोलेसनमा ३ सय ४१ जना छन् । बाँकेमा हालसम्म १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि हुँदा ११ जनाको भने मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्