तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त अरब इमरेट्सलाई पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

आज मन्त्री भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो ।

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रसंसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button