तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

कोटेश्वरस्थित पेरिसडाडामा शुरु भएको सचिवालय बैठकमा यसअघि बसेको स्थायी कमिटि बैठकले पारित गरेको कर्यदलको प्रतिवेदको कार्यान्वय, पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद पुनरगठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलो पटक पार्टी कार्यालय पेरिसडाडामा नेकपाको सचिवालय बैठक बसेको हो ।

यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button